धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु
२०८०-०८-१९
- A
- A-
- A+
सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तझोडा स्थितमा धारिलो हतियार प्रहारबाट एक जना महिलाको मृत्यु भएको छ । हिजो दिउँसो २ बजे स्थानीय ६५ बर्षीय मधुमाया पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।