८ जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१९
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रक्राउ अभियान अनतर्गत जिल्ला प्रहरी कार्यालय झापा तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले पशुपंक्षी मुद्धामा जिल्ला अदालत झापाको मिति २०७८।०९।२२ गतेको फैसलाले ४ महिना ११ दिन कैद भई फरार रहेका दमक- ३ का ३६ बर्षीय खगेन्द्र दुलाल, सोहि मुद्धामा मिति २०७९।१२।३० गतेको फैसलाले जनही ११ महिना १० दिन कैद फैसला भई फरार रहेको अर्जुनधारा- ७ का ३० बर्षीय बिर बहादुर दनुवार र अर्जुनधारा- ५ का २१ बर्षीय भोटे भन्ने इमोन तामाङ्लाई पक्राउ गरेको हो । त्यसैगरी डाका मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको २०७९।०१ ।०४ गतेको फैसलाले कैद २ महिना ६ दिन र नगद ३ हजार रुपैया जरिवाना फैसला भई फरार रहेका केरावारी- ६ का २१ बर्षीय रोजिस राई, कुटपिट अंगभंग मुद्धामा २०७८।०९।२० गतेको फैसलाले नगद १० हजार रुपैया, कैद ७ दिन भएका २३ बर्षीय बिकास मुकारुम राई र जाल साझी घोषित मुद्धामा मिति २०७८।०९।१४ गतेको फैसलाले नगद ५ हजार रुपैया जरिवाना भएका ५२ बर्षीय मदन अर्याललाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धामा नगद ६ हजार ५ सय जरिवाना र २ महिना ७ दिन कैंद तोकिएका कटहरी गाउँपालिका- १ का २८ बर्षीय करण श्रेष्ठ र सार्वजनिक मुद्धामा १८ सय रुपैया जरिवाना तोकिएका ४५ बर्षीय भुपाल यादवलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई सम्मानित जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाईएको छ ।