प्रतिबन्धित लागुऔषधी सहित १ जना पक्राउ
२०८०-०८-१६
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका- १६ हुलास चौक स्थितबाट प्रतिबन्धित लागुऔषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगबाट खटिएको प्रहरी टोलीले धरान - १७ का ३६ बर्षीय हेमराज बस्नेतलाई लागुऔषध स्पास्मोप्रोक्सिभन १ सय ४४ र N-10 लेखिएको २० ट्याप्लेट सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।