अवैध सामान बरामद
२०८०-०८-१५
- A
- A-
- A+
झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको रेडिमेड कपडा, खैनी, मोटरसाईकलको ईन्जिनको पार्टपुर्जाहरू, पेय पदार्थ लगायतका सामानहरु बरामद गरेको हो । बरामद गरिएका करिव १ लाख ६९ हजार रुपैया बराबरको समान आवश्यक कारबाहीको लागि सम्बन्धीत भन्सार कार्यालयहरुमा बुझाईएको छ ।