फरार प्रतिवादी पक्राउ
२०८०-०८-१५
- A
- A-
- A+
मोरङ र उदयपुर जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७४।१०।२८ गतेको फैसलाले ४ महिना १५ दिन कैद र नगद २ हजार रुपैया जरिवाना रहि फरार रहेका सुन्दरहरैचा- ११ का ३३ बर्षीय जनकराम कामी विश्वकर्मालाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलबारिबाट खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । त्यस्तै प्रहरी चौकी जोगिदहबाट खटीएको प्रहरी टोलीले झै-झगडा मुद्धामा सम्मानित जिल्ला अदालत उदयपुरको मिति २०७२।०७।०३ गतेको फैसालाले नगद ३ हजार रुपैया जरिवाना तोकिएका त्रियुगा- १ की तेतरी देवी चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धीत जिल्ला अदालतमा बुझाएको सम्बन्धित प्रहरी कार्यालयहरुले जनाएका छन् ।