लागुऔषध मुद्धाका फरार प्रतिवादी पक्राउ
२०८०-०८-१३
- A
- A-
- A+
झापाको बुद्धशान्ती गाउँपालिका- १ स्थितबाट लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।
लागुऔषध मुद्धामा सम्मानित जिल्ला अदालत झापाको मिति २०७९।११।११ गतेको फैसलाले १ महिना ३ दिन कैद तोकि फरार रहेका स्थानीय ५२ बर्षीय यादवराज पौडेललाई खोजतलास गर्ने क्रममा गाउँघरमा नै फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनलाई तोकिएको कैद भुक्तानको लागि जिल्ला कारगार झापा पठाईएको छ ।