अवैध सामान बरामद
२०८०-०८-१३
- A
- A-
- A+
झापाको मेचीनगर नगरपालिका- १५ स्थितबाट भन्सार छली गरी नेपाल भित्राउदै गरको अवैध रेडिमेड कपडाहरु प्रहरीले बरामद गरेको छ । हिजो साँझ ५ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सिमावर्ती क्षेत्रमा खटिएको प्रहरी गस्ती टोलीले भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारको बच्चाले लगाउने रेडिमेड कपडाहरु बरामद गरेको हो । बरामद गरिएका करिव १ लाख ६३ हजार रुपैयाँ बराबरको सामान आवश्यक कारबाहीको लागी मेची भन्सार कार्यालयमा बुझाईएको छ ।