प्रतिबन्धित औषधी सहित २ जना पक्राउ
२०८०-०८-१२
- A
- A-
- A+
मोरङ र पाँचथर जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बिहान साढे ११ बजे मोरङको बिराटनगर महानगरपालिका- १६ बाट धनकुटा नगरपालिका -९ का ३२ बर्षीय हरी सुन्दर श्रेष्ठलाई एभिल, फेनारागन, लुपिजेशिक र डाइजोपाम गरी ७६ एम्पुल प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो भने पाँचथरको फिदिम नगरपालिका- १३ घर भई हाल फिदिम नगरपालिका- १ स्थितमा डेरा गरी बस्ने-३५ बर्षीय अर्जुन वर्देवाले प्रतिबन्धित औषधी विक्री वितरण गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले tramol- १ सय २४ क्यापसुल, Decolic, spaspai, spasmo र lexin गरी १ सय ७९ ट्याव्लेट सहित वर्देवालाई पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको छ ।