१० जना फरार प्रतिवादी पक्राउ
२०८०-०८-१२
- A
- A-
- A+
झापा, मोरङ, उदयपुर र धनकुटा जिल्लाको छुट्टाछुट्टै स्थानबाट बिभिन्न मुद्धाका १० जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत लागुऔषध मुद्धामा सम्मानित जिल्ला अदालत झापाको मिति २०७९।११।११ गतेको फैसलाले १ महिना ३ दिन कैद भई फरार रहेका झापाको बुद्धशान्ति गाउँपालिका- १ का ६१ बर्षिय सोमनाथ सापकोटालाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले गाउँघरबाटै पक्राउ गरेको हो भने ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोही मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७९।१२।२९ गतेको फैसलाले ३ महिना १४ दिन कैद सजाय तोकिएका दमक- ७ का २९ बर्षीय कमल श्रेष्ठलाई पक्राउ गरेको हो । त्यसैगरी ईलाका प्रहरी कार्यालय बेलबारी तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले सम्मानित मोरङ जिल्ला अदालतको बिभिन्न मितिको फैसला आदेशले चोरी मुद्धामा कैद तथा जरिवाना तोकिएका ५ जना फरार प्रतिवादी, धनकुटाबाट जिल्ला प्रहरी कार्यालय धनकुटाले १ जना र जिल्ला प्रहरी कार्यालय उदयपुरले २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।