प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

पोखरीमा डुबेर बालिकाको मृत्यु

२०८०-०८-११

  • A
  • A-
  • A+
Share

खोटाङको साकेला गाउँपालिका- २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ । हिजो दिउँसो साढे १ बजे बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई बराहपोखरी गाउँपालिका- ६ स्थित मामा घरमा बस्दै आएकोमा घर नजिकै रहेको माछा पोखरीमा खेल्दै जाने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखि उद्धार गरेर उपचारको लागि साकेला आधारभुत अस्पताल लागेकोमा बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।  घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
दुर्गम पहाडी तथा हिमाली भेगमा ग्रामिण गस्ती गर्दै जिल्ला प्रहरी ताप्लेजुङ
२०८२-०८-१५

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जिल्लाको उत्तरी दुर्गम पहाडी तथा हिमाली भेगमा रहेका ग्रामिण बस्तीहरुमा आपराधिक गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्न लामो दुरीको गस्ती परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक बेद प्रसाद गौतमको कमाण्डमा मंसिर ७ गतेबाट मंसिर १४ गते सम्म परिचालन भएको प्रहरी गस्ती टोलीले फक्तालुङ गाउँपालिका अन्तरगत रहेका घुन्सा, खाम्बाचेन, लोनाक, कन्चनजंघा बेस क्याम्प लगायत बिभिन्न स्थानहरुमा गस्ती गरेको थियो । गस्ती टोलीले अति दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई प्रहरी सेवा प्रवाहको बारेमा सु-सुचित गराउदै उनिहरुको पिरमार्का र समस्याको सुनवाई गरेको थियो भने फक्तालुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्वु लगायत स्थानिय महानुभावहरुसंग छलफल तथा अन्तरकृया समेत गरेको थियो । दुर दराजमा रहेका नागरिकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन, हिमाली जडिबुटी तथा वन्यजन्तुको अवैध ओसार पसार नियन्त्रण गर्न, अन्तराष्ट्रिय सिमा नाकाबाट हुने अपराधिक गतिविधि नियन्त्रणका साथै कन्चनजंगा बेस क्याम्प क्षेत्रमा आउने पर्यटकहरुको सुरक्षालाई मध्येनजर गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले  दुर्गम पहाडी तथा हिमाली भेगमा ग्रामिण गस्ती परिचालन गर्दै आएको छ ।

लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०८-१५

भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १५ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले आमचोक गाउँपालिका-५ र ८ वडाका बिभिन्न स्थानमा करिव ७७ रोपनी क्षेत्रफलमा रहेका ८ हजार गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको प्रहरी चौकी आँखी सल्लाबाट खटिएको प्रहरी टोलीले सहिदभुमी गाँउपालिका-६ स्थित डाँडापाखामा करिव २ रोपनी क्षेत्रफलमा रहेको १ हजार ४ सय  वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।

लागूऔषध सहित ५ जना पक्राउ
२०८२-०८-१५

झापा, मोरङ र सुनसरीबाट प्रहरीले लागूऔषध सहित ५ जनालाई पक्राउ गरेको छ । हिजो दिउँसो साँ झापा गाँउपालिका ४ लसुना स्थितमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा शिवसताक्षी नगरपालिका ११ का निशान न्यौपाने र एक जना बालकलाई ब्राउन सुगर १ ग्राम २५ मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी मोरङको रतुवामाई नगरपालिका २ डोरिया स्थितबाट इलाका प्रहरी कार्यालय सिजुवा र डोरियाबाट खटिएको प्रहरी टोलीले मोरङ उर्लाबारी १ का दिपेश धिमाल र पुर्ण बहादुर जोगीलाई ४ ग्राम ०१ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने सुनसरीको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका ६ का दिनेश तामाङलाई ८७  क्यापसुल TRAMADOL र ८८ ट्याब्लेट SPASPAIN सहित पक्राउ गरेको छ । पक्राउ परेका पाँचै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०८-१४

झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ५ बजे इलाका प्रहरी कार्यालय दमक झापाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का ३० बर्षीय देवराज खड्का र ३२ बर्षीया सुस्मिता राईलाई ब्राउन सुगर ३ ग्राम ३१० मिलिग्राम सहित पक्राउ गरेको छ । यसै गरी हिजो राती अस्थाई प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १७ बाट सोही स्थानका २३ बर्षीय साबिर मियालाई ब्राउन सुगर १०० मिलिग्राम र बेलबारी नगरपालिका ११ बस्ने ३२ बर्षीय निशान मगरलाई ब्राउन सुगर ३२० मिलिग्राम सहित पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनाको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन
२०८२-०८-१४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्वारा आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वाहाँले जिल्लाहरुको शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन सम्भावित सुरक्षा चुनौतीलाई अध्ययन गरी प्रहरी परिचालन गर्न साथै खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, फरार प्रतिवादी पक्राउ, अवैध हातहतियार बरामद, लागुऔषधको प्रयोग र ओसार पसार, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न प्रहरीको सक्रियता बढाई कडाईका साथ चेकजाँचको व्यवस्था मिलाउन निर्देशन दिनुभयो । समय समयमा मातहत प्रहरी कार्यालयहरुको अनुगमन निरीक्षण गर्न तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिई उनिहरुको पिरमार्का, समस्याहरुको सुनवाई गर्न समेत निर्देशन दिनु भयो । यसै गरी अन्य सुरक्षा निकाय, राजनैतिक दल, स्थानिय बासी लागयतका महानुभावहरुसंग समन्वय र सहकार्य गरी आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन समेत जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।  वहाँले दुरुस्त अवस्थामा प्रहरी पोशाक प्रयोग गर्न, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ ।  

लागू औषध गाँजाको बोट तथा बिरुवा फडानी गरी नष्ट
२०८२-०८-१३

भोजपुर र धनकुटा जिल्लाका बिभिन्न स्थानका डाँडा पाखामा प्राकृतिक रुपमा आफै उम्रिएका तथा लगाएका गाँजाको बोट तथा बिरुवाहरु प्रहरीले फडानी गरी नष्ट गरेको छ । मंसिर १२ गते जिल्ला प्रहरी कार्यालय भोजपुर र इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले हतुवागडी र आमचोक गाउँपालिकाका बिभिन्न स्थानका करिव ७० रोपनी क्षेत्रफलमा रहेका ७ हजार ४ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरि नष्ट गरेको छ भने धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ र राजानरीबाट खटिएको प्रहरी टोलीले सहिदभुमी र चौबिसे गाँउपालिकाका डाँडापाखामा करिव ६.५ रोपनी क्षेत्रफलमा रहेको १ हजार १ सय ५० वटा गाँजाको बोट तथा बिरुवाहरु फडानी गरेर नष्ट गरेको छ ।