रुखले किचेर २ जनाको मृत्यु
२०८०-०८-१०
- A
- A-
- A+
खोटाङ र तेह्रथुम जिल्लाको छुट्टा छुट्टै स्थानमा रुख काट्ने क्रममा रुखले किचेर दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो तेह्रथुमको लालीगुराँस नगरपालिका-४ का ५४ बर्षीय धन बहादुर पौडेलले आफ्नै बारीमा रहेको उत्तिसको रुख काटी डोरीले तान्ने क्रममा रुखले किच्दा घाईते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । त्यसै गरी खोटाङको जन्तेढुङगा गाउँपालिका-३ का ६३ बर्षीय दिर्पमान राईले घर बनाउनको लागि उत्तिसको रुख ढाल्ने क्रममा रुखले किच्दा घटनास्थालमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।