फरार प्रतिवादि पक्राउ
२०८०-०८-०७
- A
- A-
- A+
झापा र मोरङ जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध मुद्धा र चेक अनादर मुद्धाका २ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चेक अनादर मुद्धामा सम्मानित झापा जिल्ला अदालतको मिति २०७७।०९।१९ गतेको फैसला आदेशले १ वर्ष कैद र नगद २० हजार रुपैँया जरिवाना रहि फरार रहेका शिवसताक्षी- १ का ४५ बर्षीय धिरेन्द्र बुढाथोकीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको हो । त्यसैगरी सम्मानित मोरङ जिल्ला अदालतको लगत नम्बर ५२५१ को लागुऔषध मुद्धाका ९ महिना कैद र नगद ५ हजार रुपैँया जरिवाना तोकिएका फरार प्रतिवादी बिराटनगर- १६ का ४५ बर्षीय नारायण यादवलाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुलाई सम्बन्धित जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागि कारागार पठाईएको छ ।