५ जना फरार प्रतिवादीहरु पक्राउ
२०८०-०८-०६
- A
- A-
- A+
झापा, मोरङ र उदयपुर जिल्लाको छुट्टाछुटै स्थानबाट बिभिन्न मुद्धाका ५ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । सम्मानित उच्च अदालत बिराटनगर, इलाम इजलासको मिति २०८०।०२।१० गतेको फैसला अनुसार बैंकिङ कसुर मुद्दामा २ दिन कैद र २ लाख रुपैया जरिवाना तथा पिडित राहत कोषमा ८ हजार रुपैया जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका दमक नगरपालिका- ५ घर भई हाल बिर्तामोड - १ स्थित बस्दै आएकी ५५ बर्षीया मिना तामाङलाई जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी कर्तव्य ज्यान मुद्धामा सम्मानित जिल्ला अदालत मोरङको मिति २०६७ सालको फैसला आदेशले ४ बर्ष ८ महिना १६ दिन कैद रहि फरार रहेका मिक्लाजुङ गाउँपालिका- १ का ५० बर्षीय धनकुमार राई र ७० बर्षीय देवि प्रसाद राईलाई खोजतलास गर्ने क्रममा गाउँघरबाटै पक्राउ गरेको हो भने सम्मानित उदयपुर जिल्ला अदालतको फैसला आदेशले सवारी ज्यान मुद्धामा १ वर्ष ११ महिना ८ दिन कैद फैसला भई फरार रहेका चौदण्डीगढी नगरपालिका- १ का २१ बर्षीय सुर्य परियारलाई ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी लागुऔषध गाँजा मुद्धामा सम्मानित उदयपुर जिल्ला अदालतको मिति २०७३।०१।१४ गतेको फैसला आदेशले ११ महिना ५ दिन कैद र ५ हजार रुपैँया जरिवाना तोकिएका ताप्ली गाउँपालिका- १ का २४ बर्षीय पुकार भन्ने लेख बहादुर मगरलाई सुनसरीको धरानमा लुकिछिपि बसेको अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई तोकिएको कैद भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी कारागार पठाईएको छ ।