प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

करेन्ट लागेर २ जनाको मृत्यु

२०८०-०७-२१

  • A
  • A-
  • A+
Share

झापा जिल्लाको छुट्टा छुट्टै दुई स्थानमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । हिजो दिउँसो  झापाको दमक नगरपालिका-३ स्थित खोल्सीमा निर्माण भईरहेको पुलमा काम गर्ने कामदार भोजपुर नगरपालिका-११ का ४५ बर्षीय चंख बहादुर सार्कीलाई मोटरबाट पानी तान्ने क्रममा करेन्ट लाग्दा घाईते भएका  उनको उपचारको क्रममा अरनीको अस्पताल उर्लाबारीमा  मृत्यु भएको हो ।
सोही दिन बेलुका  झापाको कन्काई नगरपालिका- ३ स्थितमा हरिहर पराजुलीको दुई तले  घरमा टिनको छाना लगाउने क्रममा कन्काई नगरपालिका- ६ का ३६ बर्षीय राम कुमार श्रेष्ठले फलामको पाईप बोक्ने क्रममा अचानक  बिजुलीको तारमा छुन गई  करेन्ट लाग्दा घाईते भएका श्रेष्ठको उपचारको क्रममा बिर्तासिटि अस्पताल बिर्तामोड मृत्यु भएको हो ।
घटना सम्बन्धमा  सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको  छ ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।