अवैध भन्सार छलीका सामग्री बरामद
२०८०-०७-१५
- A
- A-
- A+
झापा जिल्लाको बिभिन्न स्थानबाट अवैध भन्सार छली गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारका समानहरु प्रहरीले वरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा योजना अनुसार ईलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको प्रहरी टोलीले हिजो मेचिनगर नगरपालिका-५ स्थितबाट अवैधरुपमा भन्सार छली गरी नेपाल तर्फ ल्याउदै गरेको करिव ४ लाख ५० हजार मुल्य बरावरको रेडिमेड कपडा उलनको सर्ट ९३ पिस, जम्पर ११७ पिस र फुल भेष्ट १४ पिस बरामद गरेको हो ।
यसै गरी इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR 37 D- 7940 नम्वरको मोटरसाईकलमा भन्सार छली अवैध रुपमा नेपाल भित्र्याउदै गरेको ज्याकेट, कुर्था र बर्को समेत गरी करिव ७८ हजार ५ सय ६० रुपैया बरावरको कपडा बरामद गरेको हो ।
सोही दिन प्रहरी चौकी पथरीयाबाट खटिएको गस्ति टोलीले कचनकवल-२ स्थितमा चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको करिव ७ हजार ५ सय मुल्य बरावरको बिभिन्न प्रकारका खाध्यान्नका सामग्री बरामद गरेको छ ।
अबैधरुपमा भन्सार छली गरी नेपाल भित्र्याउदै गरेको करिव ५ लाख ३६ हजार ६० रुपैया मुल्य बरावरको सामग्रीहरु आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाएको छ ।