पोखरीमा डुबी बालकको मृत्यु
२०७८-०७-२२
- A
- A-
- A+
सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबी मृत्यु भएको छ ।
हिजो बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो । घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।