२ जना फरार प्रतिवादी पक्राउ
२०८०-०६-२६
- A
- A-
- A+
ईलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट खटिएको प्रहरी गस्ती टोलीले बिभिन्न मुद्धाका २ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत मोरङको २०७९।०९।२८ गतेको फैसला आदेशले कुटपिट मुद्धामा ५ हजार रुपैयाँ जरिवाना तोकि फरार रहेका लेटाङ नगरपालिका-३ का ३२ बर्षीय मान बहादुर माखिम र बाल यौन दुरुपयोग मुद्धामा २०७९।०९।२१ गतेको फैसला आदेशले ६ महिना कैद रही फरार रहेका लेटाङ नगरपालिका- ९ का २२ बर्षीय सरोज मोतेलाई बिहीबार दिउँसो गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका दुबै फरार प्रतिवादीलाई जिल्ला अदालत मोरङमा उपस्थित गराईएकोमा तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार पठाएको छ ।