२ जना फरार प्रतिवादी पक्राउ
२०८०-०६-२४
- A
- A-
- A+
फैसला कार्यान्वयन अन्तर्गत जिल्ला प्रहरी कार्यालय ईलाम र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले दुई जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । सम्मानित जिल्ला अदालत ईलामको लागत नम्बर ६५०३ ले कुटपिट अङ्ग-भङ्ग मुद्धामा ४ बर्ष कैद र १ हजार ७ सय ३३ रुपैयाँ जरिवाना फैसला भएता पनि हालसम्म फरार रहेका माङसेबुङ नगरपालिका - ४ का सुदिप राईलाई जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरी टोलीले दमकबाट मंगलबार पक्राउ गरेको हो । यसैगरी सम्मानित मोरङ जिल्ला अदालतको लागत नम्बर ४१३८ ले सवारी ज्यान मुद्धामा नगद २ हजार जरिवाना तोकिएका बिराटनगर- १७ का ५० बर्षीय निरसाद मियाँलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई तोकिएको कैद तथा जरिवाना भुक्तानको लागि सम्बन्धित जिल्ला अदालतहरुमा बुझाईएको छ ।