अवैध सामान बरामद
२०८०-०६-२४
- A
- A-
- A+
झापा र उदयपुरको छुट्टा छुट्टै स्थानबाट भन्सार छली गरी नेपाल भित्र्याउदै गरको अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको चाडपर्व बिशेष सुरक्षा अन्तरगत परिचालन भएको प्रहरी गस्ती टोलीले बिराटनगर-१७ ईस्लामपुर स्थितबाट करिव १ लाख २१ हजार ८ सय ७५ रुपैया मुल्य बरावरको ४ हजार ८ सय ७५ पिस लेडिज पर्स बरामद गरेको हो भने उदयपुरको कटारी नगरपालिका-१ बेलसोत स्थितमा प्रहरी चौकी बेलसोतबाट खटिएको गस्ति टोलीले भन्सार छली लुकाई छिपाई लैजादै गरेको अवस्थामा करिव ९० हजार मुल्य बरावरको ४५ थान प्रेसर कुकर बरामद गरेको हो । बरामद भएका अवैध सामानहरु आवश्यक कारबाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको छ ।