मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
२०८०-०६-२२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चिचता अभियान २०८०” अन्तरगत नजिकिदै गरेको चाडपर्वको सुरक्षा ब्यबस्थालाई लक्षित गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले मातहत जिल्ला प्रहरी प्रमुखहरुलाई भर्चुअल माध्यमद्धारा आवश्यक निर्देशन दिनु भएको छ । आज दिउँसो Virtual माध्यमद्धारा उक्त प्रहरी युनिटका प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु हुँदै वाहाँले चाडपर्वको समयमा हुन सक्ने बिभिन्न अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न तथा आम नागरीकहरुलाई सुरक्षाको प्रत्याभुति दिलाउन २४ सै घण्टा प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा मिलाउन निर्देशन दिनु भयो । यसका साथै लागुऔषधको प्रयोग र ओसारपसार, बिष्फोटक पदार्थ, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र शुन्य सहनशिलताको नितीलाई अक्षरस पालना गरी कार्य गर्न, होटलहरुमा हुने अवान्छित क्रियाकलापको नियन्त्रण गर्नका साथै सचेतनामुलक कार्यक्रम तिब्र रुपमा संचालन गरी चेतनामा अभिबृद्धी गराउने, कार्यालय सुन्दरतामा बिशेष ध्यान दिन र बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्दै सम्पुर्ण प्रहरी कर्मचारीहरुले आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित ढंगले कार्य गर्न निर्देशन दिनु भयो ।