लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जना पक्राउ
२०८०-०६-२२
- A
- A-
- A+
झापा, मोरङ, उदयपुर र सुनसरीका बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड- ३ का १९ बर्षीय अनुज राजबंशीलाई आईतवार बेलुका १ ग्राम २ सय ३० मिलिग्राम र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले ईलाम नगरपालिका-९ का १८ बर्षीय रोहन खवासलाई ४ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
त्यसै गरी मोरङको बिराटनगर- १५ स्थितबाट लागुऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले ईटहरी- ४ का ३७ बर्षीय प्रदिप यादव ९० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका हुन् भने उदयपुरको बेलका नगरपालिका- १ स्थितबाट भारतिय नागरिक २५ बर्षीय रञ्जित मुखिया र १६ बर्षीय सञ्जय कुमार पण्डितलाई १५ ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । त्यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका- २ स्थितमा ईलाका प्रहरी कार्यालय महेन्दनगरबाट खटिएको प्रहरी टोलीले स्थानीय २४ बर्षीय विज्ञान राईको साथबाट प्रतिबन्धित औषधी ट्रमाडोल २ सय क्याप्सुल र स्पास्मो २ सय क्यापसुल फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ।