प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको पाचौ समुहको समापन तथा छैठो समुहको समुद्घाटन

२०८०-०६-२१

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा संचालन भएको ७ कार्य दिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी तालिमको पाचौ समुहको समापन तथा छैठो समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा असोज १० गतेबाट संचालन भएको तालिमको आज प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको हो । कार्यक्रममा प्रमुख अतिथि सापकोटाले तालिमबाट सिकेका सिप, ज्ञानलाई कार्य क्षेत्रमा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनु भएको थियो । समापन भएको तालिममा २२ जनाको सहभागिता रहेको थियो भने आजबाट संचालन भएको सोही किसिमको तालिममा कोशी प्रदेशका बिभिन्न जिल्लामा कार्यरत जुनियर प्रहरी अधिकृत सहित प्रहरी जवान सम्मका २६ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । 


सम्बन्धित समाचार
लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-१४

सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८ ग्राम १ सय १६ मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न मोरङ उर्लाबारी-१ का २४ बर्षीय किरण विश्वकर्मा, इटहरी- ६ का ३६ बर्षीय प्रविन तामाङ, सुन्दरहरैचा- ६ का २४ बर्षीय कुमार राई, इटहरी- १७ का २९ बर्षीय सोबित तामाङलाई पक्राउ गरेको हो । यसै गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-१ बाट ५० बर्षीय राजु शर्मालाई उनको घर नजिकै बाख्राको खोरमा लुकाई छिपाई राखेको ट्रामाडोल २ हजार १ सय क्याप्सुल र स्पास्मो प्रोक्जिभन ५ सय ४० ट्याव्लेट सहित राजु शर्मा र उनको श्रीमती ३२ बर्षीया रिता शर्मालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुन्सधान भईरहेको छ ।

दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०४-१४

तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्राबिधिक प्रहरी नायव निरीक्षक पदबाट प्राबिधिक प्रहरी वरिष्ठ नायव निरीक्षक, प्राबिधिक प्रहरी सहायक निरीक्षकबाट प्राबिधिक प्रहरी नायव निरीक्षक पदमा र प्राबिधिक प्रहरी सहायक हवल्दार पदबाट प्राबिधिक प्रहरी हवल्दार पदमा पदोन्नती हुनुभएका प्रहरी कर्मचारीहरुलाई निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । साउन १४ गते आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीले पदोन्नती हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा प्रहरी उपरीक्षक दिपक पोख्रेल, प्रहरी उपरीक्षक आ. हरी डंगोल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक पक्राउ
२०८२-०४-१३

मोरङको केरावारी गाउँपालिका-७ स्थितमा रहेको मुगु मेडिकलबाट प्रतिबन्धित लागू औषधी सहित मेडिकल संचालक बेलबारी नगरपालिका-८ का २८ बर्षीय मनिष कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । साउन १३ गते बिहान मेडिकलबाट प्रतिबन्धित लागू औषधीको कारोबार भईरहेको भन्ने विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उक्त मेडिकल खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा डिकोलिक ४ हजार ५ सय ट्याव्लेट र ट्रामाडोल ४ हजार ५ सय ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित लागू औषधी सहित पक्राउ परेका कुँवरको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।