अबैध औषधी बरामद
२०८०-०६-२१
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-१३ जतुवा नहर स्थितबाट तिन लाख भन्दा बढीको अबैध औषधी बरामद भएको छ । सि.आर.भी. जतुवाबाट चेकाजँचमा खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपाल भित्र्याईएको OKERON-३६४ पिस, Mycofit-२ र Gassanol-२ डब्बा गरी अन्दाजी ३ लाख २१ हजार २४२ रुपैयाँ बराबरको औषधी शनिवार दिउँसो बरामद गरेको हो । बरामद भएको औषधी आवश्यक कारवाहीको लागी औषधी ब्यबस्था कार्यालय बुझाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी कोशी प्रदेश प्रहरी कार्यालयको PIT समुहबाट खटिएको प्रहरी टोलीले ३७ हजार भन्दा बढीको अबैध समान बरामद गरेको छ । भन्सार छली अबैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको खाद्यान्न, लत्ता कपडा तथा बिभिन्न किसिमका भाडावर्तन समेत गरी ३७ हजार १ सय ७० रुपैयाँ बराबरको समान शनिवार अपरान्ह बिराटनगर-१५ बाट बरामद गरेको हो । बरामद भएको समान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बिराटनगर बुझाउने ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।