भलिबल टिमका खेलाडीहरुलाई शुभकामना सहिको निर्देशन सम्बोधन
२०८०-०६-१८
- A
- A-
- A+
६८ औ प्रहरी दिवशको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय काठमाण्डौले आयोजना गरेको प्रहरी दिवश रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० मा सहभागी हुन जान लागेका कोशी प्रदेश प्रहरी कार्यालयको भलिवल टिमका खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले शुभकामना दिनु भएको छ । शुभकामना सहित निर्देशन सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख बास्तोलाले खेलाडीहरुले अनुशासित भई उत्कृष्ट प्रदर्शन हुनेमा बिश्वस्त रहेको बताउँदै जितको शुभकामना दिनु भएको हो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरीक्षक राजन अधिकारी, कोशी प्रदेश प्रहरी गण रानीका गणपति प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीको समेत उपस्थिति रहेको थियो ।