प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (Police Baton), २०७९

२०८०-०६-१२

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरीको सेवा प्रभावकारीताको मुल्याङ्कन गर्न तथा सांगठनिक सुधारका प्रयासहरुमा असल अभ्यास सहित पृष्ठपोषण गर्ने उद्देश्य अनुरुप संचालन गरिएको “नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन (Police Baton) २०७९” आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण  न भएको छ ।  
अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिका संयोजक एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगंज काठमाण्डौका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सन्दिप भण्डारी, प्रहरी नायव महानिरीक्षक यज्ञबिनोद पोखरेल सहितको प्रहरी टोलिले कोशी प्रदेश प्रहरी कार्यलय बिराटनगरको निरीक्षण गर्नु भएको थियो । निरीक्षणका क्रममा निरीक्षण टोलीले कोशी प्रदेश प्रहरीको समग्र जनशक्ति र भौतिक पूर्वाधार व्यबस्थापन, अपराध अनुसन्धानको अवस्था तथा विश्लेषण, प्रशासनिक गतिबिधी, सुरक्षा तथा प्रहरी कार्य, हातहतियारको अवस्था, शान्ती सुरक्षाका लागि प्रहरीबाट थालनि गरीएका नयां अभ्यासहरु लगायतका बिबिध विषयमा स्थलगत अवलोकन गरी कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षकबाट उक्त विषयहरुमा जानकारी समेत लिनुभएको थियो । कार्यक्रममा निरीक्षण टोलीले प्रदेश प्रहरी कार्यालयहरुमा रहेका सम्पूर्ण शाखाहरु र शाखामा रहेको जनशक्ति, कार्यशैली, अभिलेख व्यवस्थापन लगायतको निरीक्षण गर्नुका साथै कार्यालयमा प्रहरी कर्मचारीको उत्प्रेरणा, खानाको गुणस्तर, खेलकुद व्यवस्थापन र ब्यारेक समेतको निरीक्षण गर्नुभएको थियो।
निरीक्षण पश्चात प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन तथा सम्बोधन गर्नुहुँदै प्रहरीले सेवाग्राही सबैलाई आफ्नो परिवार सरहको व्यबहार प्रदर्शन गर्नुपर्ने बताउनुभयो । यसका साथै पोशाकमा रहेको प्रहरी देखेपछि पिडितले विश्वास गर्ने र पिडक तथा अपराधि डराउने वातावरणको सिर्जना नगर्न सम्पूर्ण प्रहरी कर्मचारीले ईमान्दारीताका साथ कार्यसम्पादन गरी नैतिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिदै संगठनको श्रीबृद्दीमा लागी पर्न सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो ।
यहि असोज १२ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको निरीक्षण गरेको केन्द्रीय मूल्यांकन समितिका प्रहरी टोलीले १२ गते नै प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, प्रदेश प्रहरी गण बिरानगर र जिल्ला प्रहरी कार्यालय सुनसरीको  निरीक्षण गरेको छ ।  मूल्यांकन टोलीले नेपाल प्रहरी प्रदेश कार्यालय धरान, , नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यबस्थापन कार्यालय ईटहरी, ईलाका प्रहरी कार्यालय काकडभिट्टा र प्रहरी चौकी श्रीअन्तु ईलामको  निरीक्षण गर्ने कार्यतालिका रहेको छ । ब्याटन निरीक्षण टोलीबाट देशभरीका प्रहरी कार्यालयहरुको कार्यदक्षता मूल्यांकन गरीसकेपछी अन्तर प्रहरी कार्यालय कार्यदक्षता केन्द्रीय मूल्यांकन समितिले सर्वोत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालय घोषणा गरी प्रहरी दिवसको दिनमा उत्कृष्ट हुने प्रहरी कार्यालयलाई र कार्यलय प्रमूखलाई पुरस्कार प्रदान गर्ने परम्परा रहेको छ । प्रहरीमा ‘पुलिस ब्याटन’ लाई उच्च मूल्यांकनसहितको पुरस्कार मानिन्छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।