महिला प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया
२०८०-०६-१०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कार्यालयमा कार्यरत महिला प्रहरी कर्मचारीहरुसंग बिबिध बिषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । महिला प्रहरी कर्मचारीहरुको पिरमार्का, गुनासो तथा समस्याहरुलाई सम्बोधन गर्ने उदेश्य अनुसार कार्यरत महिला प्रहरी कर्मचारीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको हो । वँहाले महिला प्रहरी कर्मचारीहरुको सेवा सुबिधामा ध्यान दिँदै शिशु स्याहार केन्द्र र स्तनपान कक्षको समेत स्थापना गरिएको र महिला कर्मचारीहरुले आफ्नो ब्यक्तिगत स्वास्थ्यमा समेत बिशेष ध्यान दिन निर्देशन दिनु भयो ।