प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी चौथो समुहको तालिमको समापन तथा पाचौ समुहको समुद्घाटन
२०८०-०६-१०
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको तत्वधानमा ७ कार्य दिनको प्रहरी आचरण ब्यबहार तथा नैतिक शिक्षा सम्बन्धी चौथो समुहको तालिमको समापन तथा पाचौ समुहको समुद्घाटन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा भाद्र ३१ गतेबाट संचालन भएको उक्त तालिमको आज प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा प्रमुख अतिथि बास्तोलाले तालिमबाट सिकेका सिप, ज्ञानलाई कार्य क्षेत्रमा व्यवहारमा उतार्न निर्देशन दिनु भएको छ । यसैगरी आजै सोही प्रकृतिको तालिमको पाँचौ समुहको समेत समुद्घाटन भएको छ । उक्त तालिममा कोशी प्रदेश मातहतका जिल्लाहरुका जुनियर प्रहरी अधिकृत देखी प्रहरी जवान सम्मका २२ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ ।