प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

३ वटै सुरक्षा निकायका प्रमुखहरुद्धारा निर्देशन सम्बोधन

२०८०-०६-०८

  • A
  • A-
  • A+
Share

बिराटनगरको बिग होटलमा आज भएको सुरक्षा सम्बन्धी समसामयिक छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुद्धारा मातहत कर्मचारीहरुलाई आवश्यक निर्देशन दिईएको छ । कार्यक्रममा नेपाल प्रहरी प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवँर, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापालेले संयुक्त रुपमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा र उदयपुर जिल्लामा कार्यरत तीन वटै सुरक्षा निकायका जिल्ला स्थित प्रमुखहरुलाई  निर्देशन दिनु भएको हो ।
निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले नागरीकको मौलिक हक र अधिकारको संरक्षण गर्न नेपाल प्रहरी गम्भिर भएर लाग्नु पर्ने र समाजमा शान्ति सुरक्षा कायम राख्न हरदम तयार रहनु पर्ने बताउनु भयो । वहाँले खुल्ला सिमानाका कारण हुन सक्ने चोरी तस्करी नियन्त्रणमा सम्पुर्ण सुरक्षा निकायहरुले समन्वय गरी प्रभावकारी भुमिका निर्वाह गर्न समेत निर्देशन समेत दिनु भयो । साथै वाहाँले सबै सुरक्षा निकायको निरन्तर सहकार्य र समन्वयमा नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा ब्यबस्थालाई थप मजबुत बनाउनु पर्ने बताउनु भयो ।
 यसैगरी शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालको सुरक्षा चुनौतीहरुलाई मध्यनजर गरी सिमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले अवैध भन्सार छलीलाई नियन्त्रण गरी राजश्व संकलनमा जोड दिनु पर्ने बताउनु भयो । यसै गरी राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाले सत्य तथ्य सूचना संकलनले सुरक्षा ब्यबस्था मजबुत हुने हुँदा सूचना संकलन कार्यलाई प्रभावकारी बनाई सत्य र तथ्य सुचाना संकलन गर्न अन्य सुरक्षा निकायको समेत सहयोग आवश्यकता रहेको बताउँदै सुचना संकलनमा बिशेष ध्यान दिन निर्देशन दिनु भएको थियो ।

सम्बन्धित समाचार
कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८१-०८-०५

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले  प्रहरी चौकी चिचिला संखुवासभामा कार्यरत प्रहरी सहायक निरीक्षक सुर्य प्रसाद अधिकारीलाई २०८१ साल कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा  प्रहरी सहायक निरीक्षक सुर्य प्रसाद अधिकारीले कार्तिक १० गते संखुवासभाको चिचिला गाउँपालिका-४ का ४५ बर्षीय पुरुष व्यक्तिलाई खुकुरी प्रहार गरी हत्या गरेको घटनामा संलग्नलाई खुकुरी सहित पक्राउ गर्न सफल भएको साथै कार्तिक १८ गते चिचिला गाउँपालिका-३ बस्ने दुई व्यक्तिहरुवीच आपसमा वादविवाद हुँदा ढुङ्गा प्रहार गरी एक व्यक्तिलाई भिरबाट फालेको भन्ने सूचनाको आधारमा घटनामा स्थलमा खटी मृत लास भीरमा अड्किएको अवस्थामा फेला परेको र  घटनामा संलग्न थप ४ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिन सफल भएको साथै आम जनमानसमा प्रहरी संगठनको छवि उच्च बनाउने कार्य गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै प्रहरी सहायक निरीक्षक सुर्य प्रसाद अधिकारीलाई २०८१ साल कात्तिक “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको छ ।    

प्रहरी चौकी बराहक्षेत्र, सुनसरीको नव निर्मित भवनको समुद्‍घाटन
२०८१-०८-०५

सुनसरीको बराहक्षेत्र नगरपालिकाका-१ स्थितमा रहेको प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवनको समुद्‍घाटन भएको छ । मंसिर ५ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङको प्रमुख आतिथ्यता तथा बराहक्षेत्र नगरपालिकाका उप-प्रमुख नन्द कुमारी सुनुवारको अध्यक्षतामा नव निर्मित प्रहरी चौकीको शिलालेख अनावरण गरी भवनको बिधिवत रुपमा समुद्घाटन गर्नु भएको हो  । नव निर्मित भवनको समुद्‍घाटन तथा निरीक्षण पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रदेश प्रहरी प्रमुख खापुङले धरतीको पहिलो तिर्थ स्थल बराहक्षेत्रमा प्रहरी चौकी बराहक्षेत्रको नव निर्मित भवन निर्माण सम्पन्न भई उद्‍घाटन भएकोमा निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने सम्पुर्ण महानुभावहरुमा वधाई तथा धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनहरुमा जन स्तरमा प्रहरीले प्रदान गर्ने शान्ति सुरक्षा तथा अपराध नियन्त्रण कार्यमा जन चाहना वमोजिमको प्रहरी सेवा प्रदान हुनेमा आफु विश्वस्त रहेको वताउनु भयो । वहाँले प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीहरुलाई नयाँ भवन प्राप्त भए संगै आम नागरिकमा प्रहरीले प्रदान गर्ने सेवामा थप गुणस्तर सहितको प्रहरी सेवा प्रदान गर्न तथा  भवनको सरसफाई रेख देख संरक्षण नियमितरुपमा गर्न समेत निर्देशन दिनु भएको थियो । नव निर्मित भवनको उद्‍घाटन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर भौतिक पुर्वाधार शाखाका प्रहरी उपरीक्षक आर्किटेक हरी डंगोलले भवन निर्माण सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिना तथा बराहक्षेत्र  नगरपालिकाका उप-प्रमुख नन्द कुमारी सुनुवारले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । नेपाल सरकारको  नियमित बजेट ३ करोड १९ लाख ४० हजार रुपैयाको लागतमा अढाई तल्ले सुबिधा सम्पन्न कार्यालय भवन, भान्साघर तथा शौचालयको निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, कोशी प्रदेश प्रहरी गण बिराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्री लगायत प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधिहरु, बिभिन्न कार्यालय, संघ संस्थाका प्रमुख, स्थानिय समाजसेवी, बुद्धिजिवि, सचारकर्मी तथा स्थानियवासीहरुको उपस्थिति रहेको थियो ।

लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८१-०८-०४

लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर ३ गते साँझ पाचँथरको फालेलुङ गाउँपालिका-६ का २४ बर्षीय बसन्त राईलाई ८ ग्राम लागुऔषध ब्राउनसुगर सहित झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट नियन्त्रणमा लिएको हो भने मे. ९ प. ९०३७ नम्बरको मोटरसाईकलका चालक झापा गाउँपलिका-५ का २६ बर्षीय देबेन्द्र चौधरी र मोटरसाईकल पछाडी सवार बिर्तामोड नगरपालिका-५ का ३५ बर्षीय सुरेश श्रेष्ठलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका तिनैजनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट थप अनुसन्धान भई रहेको छ ।        

स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु
२०८१-०८-०४

सुनसरीको रामधुनी नगरपालिका-२ शिवचोक स्थित पुर्व पश्चिम लोकमार्गमा UP16EK1989 नम्बरको भारतिय स्कारपियोको ठक्करबाट महिला सफारी चालकको मृत्यु भएको छ । मंसिर ४ गते दिउँसो पौने २ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र.१-०२-००४ ह ४३१५ नम्बरको सिटी सफारीलाई सोहि दिशा तर्फ जादै स्कारपियोले पछाडिबाट ठक्कर दिंदा सफारी चालक रामधुनी-५ की ३६ बर्षीया सोनीया कुमारी चौधरी गम्भिर घाईते भएकोमा उपचारको क्रममा ओमसाई अस्पताल झुम्कामा मृत्यु भएको हो । ठक्कर दिने सवारी र चालक भारत बिहारका ३४ बर्षीय अनिरुद्र सुदीलाई इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।    

गाँजाको बोट तथा बेर्ना फडानी गरी नष्ट
२०८१-०८-०३

धनकुटा जिल्लाको बिभिन्न स्थानमा प्रकृतिकरुपमा डाँडा पाखाहरुमा आफै उम्रेको गाँजाको बोट तथा बेर्नाहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरतग अबैध रुपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरु नष्ट गर्ने अभियान अनुसार मंसिर २ गते  इलाका प्रहरी कार्यालय छिन्ताङबाट परिचालन भएको प्रहरी टोलीले  शहिदभूमी-५ को विभिन्न एरिया इलाकाको १३ रोपनी क्षेत्रफलमा उम्रिएको ९ हजार ३०० वटा गाँजाको बोट नष्ट गरेको छ । यसै गरी  साँगुरीगढी-८ स्थितमा ५ रोपनी क्षेत्रफलमा उम्रिएको ७ हजार गाँजाको बोट इलाका प्रहरी कार्यालय भेडेटारले र  पाख्रीबास-१० स्थितमा ६ रोपनी क्षेत्रफलमा रहेको ७ हजार बोट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले फडानी गरी नष्ट गरेको छ भने  शहिदभुमी-२ को विभिन्न ठाँउहरुमा उम्रेका २ हजार ५०० बोट प्रहरी चौकी त्रिवेणीले र शहिदभुमी-६  को विभिन्न ठाँउहरुमा उम्रेका ८००  वटा गाँजाको बोट प्रहरी चौकी आँखीसल्लाले नष्ट गरेको छ ।  डाँडा पाखाहरुमा आफै उम्रेको तथा अवैधरुपमा लगाएको गाँजाको बोट तथा बेर्नाहरु निरन्तररुपमा प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ ।

प्रतिवन्धित लागुऔषध सहित ४ जना पक्राउ
२०८१-०८-०३

झापा र सुनसरीको बिभिन्न स्थानबाट प्रतिवन्धित लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भद्रपुर नगरपालिका-३ का २७ बर्षीय विनायक थुलुङलाई ३ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी  सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल आउँदै गरेका रामधुनी नगरपालिका-१ का २० बर्षीय विवेक यादवलाई निषेधित औषधी ट्रामानिल २४० क्यापसुल र निट्राजेपाम २०ट्यावलेट सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरले बराहक्षेत्र नगरपालिका-६ का१९ बर्षीय मो. दावुतलाई ट्रामाडोल १२० क्यापसुल र स्पास्पेन १२० ट्यावलेट सहित र इलाका प्रहरी कार्यालय चतराले बराहक्षेत्र नगरपालिका-२ का २१ बर्षीय समिर राईलाई ५० ग्राम गाँजा र ट्रामाडोल १६ क्यापसुल सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको आवश्यक अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।