लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ
२०८०-०६-०६
- A
- A-
- A+
झापाको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔँषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेका झापाको बिर्तामोड नगरपालिक-३ बिर्ताबजार का २४ वर्षिय उत्सब चौधरीको साथबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध बरामद गरेको छ । यसैगरी गोप्य सुचनाको आधारमा खटिएको प्रहरीको सोहि टोलिले मेचिनगर नगरपालिका-९ झोडाका २० वर्षिय निर्दोस डाँगी र २७ वर्षिय साजन राजवंशीको साथबाट १ ग्राम ९ सय मिलिग्राम लागुऔषध ब्रउनसुगर फेला पारी बरामद गरेको थियो । उनसुगर सहित नियन्त्रणमा लिएका तिनैजना उपर ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट आवश्यक अनुसन्धान भईरहेको छ।