लागुऔषध ब्राउनसुगर सहित ४ जना पक्राउ
२०८०-०५-२९
- A
- A-
- A+
मोरङ र झापाका दुई छुट्टाछुट्टै स्थानबाट बिहिवार साँझ प्रतिबन्धीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-३ त्रिवेणी चोकमा लागुऔषध बिक्री बितरण भईरहेको भन्ने बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४८ बर्षीय नेत्र बिनोद भट्टराईलाई ५१ ग्राम ६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर, डिजिटल तराजु १ थान र नगद ७ हजार सहित पक्राउ गरेको हो । यसैगरी झापाको अर्जुनधारा नगरपालिका-११ गिरी बन्धु टि-स्टेटको चिया बगानबाट सुनसरीको ईटहरी-१७ का २६ बर्षीय भुवन गिरी र बाह्रदशी गाउँपालिका झापाका ३० बर्षीय शुशिल तामाङ २१० मिलिग्राम लागुऔषध सहित पक्राउ परेका हुन् भने अर्जुनधारा नगरपालिका-११ का ४० बर्षीय बिनोद प्रधानलाई १ ग्राम ८२० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।