पानीमा डुबेर २ जनाको मृत्यु
२०८०-०५-२५
- A
- A-
- A+
सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भई उपचारको लागी जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए । यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम-७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।