“CCTV मर्मत तथा संचालन अनुशिक्षण” तालिम समापन
२०८०-०५-२१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा संचालित ५ कार्य दिनको “CCTV मर्मत तथा संचालन अनुशिक्षण” तालिम समापन भएको छ । प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा आज कार्यालयको सभाहलमा सम्पन्न भएको उक्त तालिम २१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । E Three Sales & Services Pvt.Ltd. को आयोजनामा संचालन भएको उक्त तालिममा कम्पनीका CEO ईन्जिनियर रन्जित सिंहले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी राजेशनाथ बास्तोलाले तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई प्रमाण पत्र बितरण गरी कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमाणमुखी अनुसन्धान नै नेपाल प्रहरीको मुख्य लक्ष्य रहेको हुँदा नेपाल प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको अवस्थामा अपराध रोकथाम नियन्त्रण र शान्ति सुरक्षामा CCTV बाट प्राप्त हुने प्रमाणले अत्यन्तै महत्वपुर्ण भुमिका निर्वाह गर्ने हुँदा अनुसन्धानको क्षेत्रमा अबका दिनमा यस तालिमले थप सहजता प्रदान गर्ने बिश्वास ब्यक्त गर्नु भयो । यसका साथै प्रशिक्षण दिनु हुने कम्पनीका CEO ईन्जिनियर रन्जित सिंह लगायत टिमलाई हार्दिक कृतज्ञता सहित स-धन्यबाद प्रदान गर्नु भयो ।