फरार प्रतिवादी पक्राउ
२०८०-०५-१२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७९/१०/१९ गतेको सजाय निर्धारण फैसला आदेशले ५ महिना ३ दिन कैद र १० हजार जरिवाना तोकिएका ईटहरी उप-महानगरपालिका-८ का २८ बर्षीय मनिष चौधरीलाई आज गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका चौधरीलाई जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।