मातहत प्रहरी प्रमुखहरुलाई Virtual माध्यमद्वारा निर्देशन
२०८०-०५-०७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले Virtual माध्यमद्वारा जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । आज अपरान्ह Virtual माध्यद्धारा मातहत प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु हुँदै वाहाँले आ-आफ्नो एरिया ईलाकाहरुमा हुन सक्ने कुनै पनी अवान्छित गतिबिधीलाई समयमै नियन्त्रण गर्न सुरक्षा कार्ययोजना तयार गरी सोही अनुसार प्रहरी परिचालन गर्न निर्देशन दिनु भयो । यसका साथै वाँहाले पेण्डिङ मुद्दा, फरार प्रतिवादी पक्राउ, भन्सार चोरी तस्करी नियन्त्रण लगायत बिबिध अपराधिक घटनाहरुमा कानून बमोजिम कडाईका साथ लागु गर्न र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालमा रहेका सचेतामुलक कार्यक्रमहरुलाई थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजान तथा कुनै अप्रिय घटना घटन नपाउने गरी प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनु भयो ।