फरार प्रतिवादी पक्राउ
२०८०-०५-०७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले १ जना फरार प्रतिवादी पक्राउ गरी अदालतमा बुझाएको छ । फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धामा मोरङ जिल्ला अदालतबाट २०७९/१२/२८ गतेको सजाय निर्धारण फैसला आदेशले ७ महिना ९ दिन कैद र ४ हजार जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका-१० का २० बर्षीय निखिल रम्तेल सार्कीलाई गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका सार्कीलाई जिल्ला अदालत उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी मोरङ कारागार चलान गरेको छ ।