“स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम” सम्पन्न:
२०८०-०५-०५
- A
- A-
- A+
नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौद्वारा सञ्चालित स्वास्थ्य शिविर एवं सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र परिसरमा प्रहरी दिवश २०८० को अवसरमा “Prevention is better than cure” भन्ने नाराका साथ नेपाल प्रहरी अस्पताल महाराजगंजबाट खटिई आउनु भएका बिज्ञ प्राविधिक प्रहरी डाक्टरहरुद्वारा आज कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, प्रदेश प्रहरी गण रानी र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्राथमिक उपचार, क्यान्सर तथा मृगौलासंग सम्बन्धित रोगबाट बच्ने उपाय, रोगका मुख्य लक्षण, रोग लाग्न सक्ने कारणहरुबारे जानकारी गराउनका साथै प्रहरी कर्मचारीहरुले Blood sugar test, Pap. Smear Test (पाठेघरको मुखको परीक्षण), Urine R/M/E +UPT, Dental Test आदि परीक्षणको सेवालाभ समेत लिएका थिए । कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले खटि आउनु भएका चिकित्सक टोलीलाई हार्दिक स्वागत गर्नु हुँदै मायाको चिनो समेत प्रदान गर्नु भई कार्यक्रमलाई सम्बोधन गर्नु प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बास्तोलाले यस सचेतना मुलक कार्यक्रम तथा स्वास्थ्य शिविर संचालनले प्रहरी कर्मचारीहरुमा स्वास्थ्य सम्बन्धी ज्ञान प्राप्त भई जिवन यापनमा सहजता प्रदान गर्नेमा बिश्वस्त रहेको बताउँनु भयो । यसका साथै शान्ति सुरक्षामा अहोरात्र खटिने प्रहरी कर्मचारीहरुले आफ्नो स्वास्थ्यलाई ध्यान दिन समेत कठिनाई हुने गरेको हुँदा यस किसिमका स्वास्थ्य शिविर निकै नै फलदायी हुने धारणा ब्यक्त गर्नु भयो ।