फरार प्रतिवादी पक्राउ
२०८०-०४-३१
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय RIT समुहबाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका १ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६ श्रावण १६ गतेको सजाय निर्धारण फैसला आदेशले लागुऔषध मुद्धामा १ महिना १३ दिन कैद र २ हजार जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका धरान-१२ का २६ बर्षीय सन्जिप परियारलाई श्रावण ३० गते धरानबाट नै पक्राउ गरेको हो । पक्राउ परेका परियारलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागरा पठाएको छ ।