प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवनिर्मित प्रहरी चौकी प्याउली भोजपुरको भवन उद्घाटन

२०७८-०७-१७

  • A
  • A-
  • A+
Share

जिल्ला प्रहरी कार्यालय भोजपुर मातहतमा रहेको प्रहरी चौकी प्याउलीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । चौकीको हाता भित्र आज बिहान भएको एक कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मीत साढे २ तले ८ कोठा भएको प्रहरी चौकी भवनको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट विनियोजित १ करोड ४९ लाख १९ हजार ३ सय ८५ रुपैयाँको लागतमा प्रहरी चौकी प्याउलीको कार्यालय भवन, ब्यारेक तथा भान्साघरको निर्माण सम्पन्न भएको हो ।


भवनको उद्घाटन तथा निरीक्षण पश्चात कार्यक्रममा बोल्नुहुँदै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथी  प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गर्नु भएको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागुऔषध सहित ६ जना पक्राउ
२०८१-१२-१८

झापा, मोरङ सुनसरी र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट चैत्र १७ गते प्रतिबन्धित लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-११ नँया बसपार्क स्थितबाट अस्थायी प्रहरी पोष्ट नँया बसपार्कको प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन गाउँपालिका-२ की १९ बर्षीया बर्षा केदेमलाई २ ग्राम १९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो भने लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट कमल गाउँपालिका-४ का ३८ बर्षीय संयोग बस्नेत र दमक नगरपालिका-८ का ३४ बर्षिय अंकित कार्कीलाई ९ ग्राम ७ सय ८० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यसैगरी बिशेष सुचनाको आधारमा सुनसरीको अस्थायी प्रहरी पोष्ठ विजयपुरबाट खटिएको प्रहरीको टोलीले धरान उप-महानगरपालिका-१४ की १८ बर्षीया आकृती परियारलाई निजकै घरको कोठाबाट लागुऔषध ट्रामाडोल ११७ क्याप्सुल, प्रतिबन्धित औषधी स्पास्पेन ११७ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो भने सुनसरीको ईनरुवा नगरपालिका-९ का ३६ बर्षीय जितेन चौधरीलाई १ ग्राम लागुऔषध ब्राउनसुगर सहित इलाका प्रहरी कार्यालय लौकही सुनसरीले नियन्त्रणमा लिएको हो । यसका साथै लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले मोरङ केराबारी गाउँपालिका-६ का ३५ बर्षीय युवराज कटुवाललाई बिराटनगर महानगरपालिका-१६ स्थितबाट ३ ग्राम २५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । यस्तै उदयपुरको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र प्रहरी चौकी कोठुबाट खटिएको संयुक्त प्रहरी टोलीले बेलका नगरपालिका-८ आराङ्गा स्थित भित्रि सडक खण्डमा जेब्रा झोलामा बेबारीसे अवस्थामा राखिएको १५ किलो लागुऔषध गाँजा फेलापारी बरामद गरको थियो ।

दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षणको समापन तथा अन्तरकृया
२०८१-१२-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्य दिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  प्रथम समुहको समापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । चैत्र १७ गते कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यतामा भएको समापन तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधनको क्रममा वहाँले अवको युद्ध दुर्व्यसन विरुद्ध भन्ने नाराका साथ यही फाल्गुन २८ गतेबाट सुनसरीको इटहरीमा माननीय मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा समुद्‍घाटन भई कोशी प्रदेश भरी प्रभावकारीरुपमा संचालन भईरहेको लागूऔषध दुर्व्यसन विरुद्धको अभियान (FAN) लाई व्यवस्थित तथा प्रभावकारी बनाउन तालिम प्राप्त दक्ष जनशक्ति तयार गर्ने उद्धेश्यका साथ  FAN DESK मा रहने प्रहरी कर्मचारीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम दिईएको वताउनु भयो ।  लागूऔषधको प्रयोग तथा ओसार पसारका कारणबाट भएको अपराधका घटनाको विश्लेषण गर्दै समाजमा हुने अपराधका घटनाहरु न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा बिद्यालय तथा समुदाय स्तरमा लागूऔषध दुर्व्यसनी विरुद्ध प्रभावकारीरुपमा सचेतना प्रदान गर्न र युवा वर्गलाई समेत प्रशिक्षण दिई  उनिहरुको अगुवाईमा सशक्तरुपमा दुर्व्यसन विरुद्ध कार्यक्रमहरु संचालन गर्न प्रशिक्षक प्रशिक्षार्थीहरुलाई हृदय देखि नै अनुरोध गर्नु भयो । वहाँले प्रशिक्षक प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया गर्नुका साथै FAN कार्यक्रमहरुमा वितरण गर्नको लागी FAN लोगो अंकित टि-सर्ट जिल्ला प्रहरी कार्यालय मोरङ र सुनसरीबाट प्रशिक्षक प्रशिक्षणको लागी आउनु भएका प्रहरी अधिकृतहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कोशी प्रदेशबाट प्रतिनिधिकोरुपमा पाल्नु भएका अधिकृत खगेन्द्र पोखरेल र FAN अभियान सुनसरीका शम्भु अधिकारीले आ-आफ्नो मन्तव्य राख्नु भएको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा एक कार्यदिनको दुर्व्यसन विरुद्दको अभियान प्रशिक्षक प्रशिक्षण तालिम (Fight Against Narcotics Instructor Training)  प्रथम समुहको उद्‍घाटन भएको छ । चैत्र १७ गते तालिम उद्‍घाटन कार्यक्रममा प्रमुख अतिथि एवं तालिम संयोजक प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद दाहालले लागूऔषध दुर्व्यसन मुक्त समाजको निर्माण आजको आवश्यकता रहेको वताउदै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश भरी संचालनमा ल्याएको लागूऔषध दुर्व्यवसन बिरुद्ध अभियान FAN (Fight Against Narcotic) कार्यक्रमलाई प्रभावकारीरुपमा विद्यालय तथा समुदाय स्तरमा संचालन गरी दुर्व्यसन विरुद्ध सचेतनामा अभिवृद्धी गराई  परिवार, समुदाय हुदै सिंगो राष्ट्रलाई दुर्ब्यसन मुक्त राष्ट्र निर्माण गर्ने उद्देश्यका साथ सहभागी प्रशिक्षार्थीहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरिएको बताउनु भयो । वहाँले तालिममा सिकेका ज्ञान र शिपलाई कार्यक्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सरोकारवाला निकाय तथा संघ संस्थाहरूसंगको समन्वय र सहकार्यमा दुर्ब्यसन विरूद्धको अभियानलाई सशक्त बनाई सुरक्षित समाज निर्माण कार्यमा प्रहरीको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न निर्देशन दिनु भएको छ । उक्त तालिममा पहिलो चरणमा कोशी प्रदेश अन्तरगत रहेका झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा र इलाम जिल्लामा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान दर्जा सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

वेवारीसे अवस्थामा रहेको गाँजा वरामद
२०८१-१२-१७

उदयपुरको बेलका नगरपालिका-६ स्थित खोला किनारमा वेवारीसे अवस्थामा रहेको गाँजा प्रहरीले बरामद गरेको छ । चैत्र १६ गते  विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुर र इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी गस्ती टोलीले मुर्ती खोला किनारमा बोराभित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको ८ सय ९१ किलो ४२३ ग्राम गाँजा (३९ पोका) वेवारीसे अवस्थामा फेला पारेको हो । वरामद भएको उक्त गाँजा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याईएको र ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य थप अनुसन्धान कार्य भईरहेको छ । यसै गरी जिल्ला प्रहरी कार्यालय उदयपुरले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका-१२ का रोहित झा र विवेक बि.क.लाई प्रतिवन्धित लागूऔषध ट्याव्लेट ६० चक्की सहित  पक्राउ गरेको छ ।

प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जना पक्राउ
२०८१-१२-१४

मोरङ, सुनसरी र धनकुटा जिल्लाको बिभिन्न स्थानबाट प्रतिवन्धित लागूऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र १३ गते मोरङको विराटनगर महानगरपालिका-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले ब्राउन सुगर ५ ग्राम सहित सुनसरीको धरान-१३ का ३५ बर्षीय राज कुमार राईलाई, मोरङ उर्लाबारी-२ का ३१ बर्षीय संदिप कटुवाललाई ३ ग्राम ब्राउन सुगर सहित र पथरी शनिश्चरे-१० का ३२ बर्षीय प्रेम बहादुर तामाङलाई १० ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी सुनसरीको अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान-१७ का २२ बर्षीय पासाङ तामाङ र २४ बर्षीय सुमन राईलाई ट्रामाडोल ३९७ क्यापसुल र स्पास्पेन ७ ट्याव्लेट सहित पक्राउ गरेको छ ।