प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आर्थिक बर्ष ०७९/०८० मा ८ हजार ७ सय १९ मुद्धा दर्ता, ५२ करोड भन्दा बढी राजश्व संकलन

२०८०-०४-१७

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आर्थिक बर्ष २०७९/०८० को बार्षिक कार्य सम्पादन समिक्षा प्रगति बिबरण कार्यालयको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजानिक गर्नु भएको छ ।

संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुख र प्रदेशका १४ वटै जिल्लाका प्रहरी प्रमुखहरु बिच कार्य सम्पादन सम्झौता तथा कोशी प्रदेश प्रहरीद्धारा संचालित प्रदेश सुरक्षा सुनिश्चितता अभियान अन्तरगत प्रभावकारी रुपमा प्रहरी परिचालन भई कार्यान्वयन हुँदा यस आर्थिक बर्षमा ८ हजार भन्दा बढी मुद्धा दर्ता, २ हजार ७ सय ७३ फर्च्छौट र ५२ करोड भन्दा बढी राजश्व संकलन भएको छ । समाजमा हुने अपराधीक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदिजन्य पदार्थ अबैध दोहन, अबैध काठ चोरी निकाशी र ट्राफिक ब्यबस्थापनमा प्रभावकारी रुपमा प्रहरी परिचाल भए अनुसार उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

यस आर्थिक बर्षमा ८ हजार ७ सय १९ वटा बिभिन्न अपराध सम्बन्धी मुद्धा दर्ता भई कानूनी कारवाही भईरहेको तथा फैसला कार्यान्वयन तर्फ बिभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका १ हजार ४ सय ६६ जना फरार प्रतिवादीहरु पक्राउ गरी ९ सय ४३ बर्ष ७ महिना २ दिन कैद र ४ करोड २४ लाख १२ हजार ३ सय २२ रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी भन्सार चोरी निकाशी तर्फ अबैध रुपमा समान चोरी निकाशी गर्ने १०० जना मानिस पक्राउ गर्नुका साथै २६ करोड ९८ लाख ३८ हजार ९ सय ८०  रुपैयाँ राजश्व संकलन भएको छ । यस्तै नदिजन्य पदार्थको अबैध रुपमा दोहन गर्ने ७४ जना मानिस र ३३३ वटा नदिजन्य पदार्थ उत्खनन गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई पक्राउ गर्नुका साथै ३९ लाख २८ हजार ५ सय ३५ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी अबैध काठ चोरी निकासी गर्ने ३८ जना मानिस पक्राउ गर्नुका साथै ५ हजार ९ सय ६१ क्यू.फिट. काठ बरामद गरी १ करोड ३१ लाख ४५ हजार ३ सय ५७ रुपैयाँ राजश्व संकलन भएको छ । यसैगरी ट्राफिक ब्यबस्थापन तर्फ यस आर्थिक बर्षमा ट्राफिक नियम उलंघन गर्ने ३ लाख १ हजार ७ सय ४९ वटा सवारी साधनलाई कारवाही गर्दा २३ करोड ४८ लाख ६६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

यसैगरी लागूऔषध नियन्त्रण तर्फ गाँजा ५ हजार ८ सय १५ केजी ४९२ ग्राम ७०० मिलीग्राम, अफिम २७ ग्राम ६८ मिलिग्राम, ब्राउनसुगर २ केजी ७९ ग्राम ८४९ मिलिग्राम, बिभिन्न मनोद्धिपक क्याप्सलु २७ हजार ६ सय १८, मनोद्धिपक एम्पुल १० हजार १ सय ७५ र मनोद्धिपक औषधीहरु ३१७ क्याप्सुल नियन्त्रण गरिएको र १ हजार ७ सय ६३ रोपनी क्षेत्रफलमा लगाएको ६ लाख ७५ हजार ३ सय १४  बोट गाँजा नष्ट गरिएको छ । यस आर्थिकमा कुल ५२ करोड १७ लाख ७८ हजार ८ सय ७२ रुपैयाँ राजश्व संकलन भएको छ  ।

यसका साथै यस आर्थिक बर्षमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रदेश भरी बिभिन्न किसिमका सचेतना मुलक कार्यक्रमहरु तिब्रताका साथ संचालन गरिएको छ । जस अन्तरगत साईबर अपराध, आत्महत्या न्युनिकरण, ट्राफिक सचेतना, घरेलु हिंसा, महिला हिंसा, मानव बेचबिखन लागुऔषध दुर्ब्यसन लगायत ३६ हजार ८ सय ८१ स्थानमा बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु संचालन गरीएको र उक्त कार्यक्रमबाट १० लाख ३१ हजार ३५१ जना भन्दा बढी नागरीकहरु लाभान्वित भएको कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा पत्रकार सम्मेलन मार्फत  सार्वजानिक गरिएको हो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।