कोशी प्रदेश प्रहरी गण बिराटनगरको निरीक्षण
२०८०-०३-२७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी गण बिराटनगरको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा वँहाले कार्यरत प्रहरी कर्मचारीहरु, सम्पुर्ण शाखाहरु, मेष, ब्यारेक लगायतको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वँहाले जुनसुकै बेला हुन सक्ने अपराधिक क्रियाकलाप, भिड, हुल, दंगा र बिपद जस्ता घट्ना र कुनै पनि किसिमका सुरक्षा कार्य लगायतका आपतकालिन समयमा तत्काल परिचालन हुनसक्ने अवस्थामा तयारी हालतमा रहन निर्देशन दिनुभयो । यसका साथै प्रदेश प्रहरी प्रमुख बास्तोलाले प्रहरी कर्मचारीहरुबाट हुने गैर जिम्मेवार र आचरण विपरितका कार्यमा क्षम्य नहुने समेत बताउनु भयो । निरीक्षण पश्चात गण परिसरमा प्रनामनि बास्तोलाले बृक्षारोपन समेत गर्नु भएको थियो ।