कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको निरीक्षण भ्रमण
२०८०-०३-२७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरको आज निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले प्रहरी तालिम केन्द्रको प्रहरी ब्यारेक, मेष, चमेना, क्यान्टिन, पुस्ताकलय, आन्तरिक एवंम बाह्य प्रशिक्षण कक्ष साथै प्रशिक्षार्थीहरुको व्यक्तिगत टर्न आउट समेतको निरीक्षण गर्नु भएको छ । निरीक्षण कार्यक्रम पश्चात प्रदेश प्रहरी प्रमुख बास्तोलाले कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुका साथै तालिमरत सम्पूर्ण प्रशिक्षार्थीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ निर्देशनको क्रममा वहाँले तालिम केन्द्र प्रहरी उत्पादनको मुख्य उदगम स्थल भएकोले दक्ष प्रहरी जनशक्ति उत्पादनको लागि समादेशक लगायत प्रशिक्षकहरुको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । वहाले प्रशिक्षणरत प्रशिक्षार्थीहरुलाई दिईने प्रशिक्षण पद्दतिलाई समयानुकुल र बैज्ञानिक ढंगबाट प्रशिक्षण प्रदान गर्नु पर्ने बताउनु भयो । प्रविधीमैत्री, प्रमाण र परिणाममुखी अनुसन्धान पद्धती अहिलेको आवश्यकता रहेको बताउँदै तालिमको शुरुवाती अवस्था देखि नै उक्त कुरामा बिशेष ध्यान दिई प्रशिक्षार्थीहरुलाई प्रशिक्षण दिन र प्रशिक्षार्थीहरुको क्षमता बृद्धि र उच्च मनोवलको लागि मनोरञ्जनात्मक क्रियाकलाप, खेलकुद तथा सांस्कृतिक कार्यक्रम समेतको अवश्यकता पर्ने भएको हुँदा समय-समयमा उक्त कार्यक्रमहरु गराउन समेत तालिम केन्द्रका समादेशक तथा प्रशिक्षकहरुलाई बिशेष निर्देशन दिनु भयो । यसका साथै प्रहरी आचरण बिपरीत कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही र राम्रो कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्न समेत निर्देशन दिनु भयो ।