प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

ट्राफिक सप्ताह भव्यताका साथ सम्पन्न

२०८०-०३-२५

  • A
  • A-
  • A+
Share

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीको आयोजनामा संचालन भएको ट्राफिक सप्ताह कार्यक्रम छलफल तथा अन्तरक्रिया गरी भब्यताका साथ सम्पन्न भएको छ । असार १९ गते बिराटनगरमा कोशी प्रदेशका तत्कालिन मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी कोशी प्रदेशका १४ वटै जिल्लामा एक साथ ट्राफिक सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त कार्यक्रमको आज कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्यतामा धरानको बाणिज्य हलमा एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको हो ।

ट्राफिक सप्ताहको समापन कार्यक्रममा प्रमुख अतिथी बास्तोलाले सहभागीहरुबाट उठेका बिबिध जिज्ञासाहरुको  सम्बोधन गर्नुका साथै यो कार्यक्रम सवारी दुर्घटना न्युनिकरणमा कोसेढुङगा साबित हुने बिश्वास ब्यक्त गर्दै सवारी दुर्घटना न्युनिकरणमा अन्य सरोकारवाला सबै पक्षको उतिकै साथ र सहयोग हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो ।

ट्राफिक सप्ताह कार्यक्रमको पहिको दिन शुभारम्भका साथै १४ वटै जिल्लामा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको थियो । दोस्रो दिन असार २० गते तिब्र गति र सडक पार्किङ निशेध सम्बन्धी, असार २१ गते लेन अनुशासन पालना सम्बन्धी, असार २२ गते सिटी रिक्सा चालक तथा शैक्षिक संस्थाका चालकहरुलाई प्रशिक्षण, असार २३ गते सवारी चालकहरुको स्वास्थ तथा सवारीको यान्त्रीक परिक्षण, असार २४ गते लागु पदार्थ सेवन परिक्षण सम्बन्धी कार्यक्रमहरु संचालन गरी आज समापन भएको हो ।

ट्राफिक सप्ताहको सात दिनमा प्रदेशका १४ वटै जिल्लाका तिन हजार ५ सय ४२ स्थानमा सचेतना मुलक कार्यक्रमहरु संचालन गरिएको र ९३ हजार ५४० जना मानिसहरु प्रतक्ष्य लाभान्वित भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले बताउनु भयो । समापन कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, स्थानीय जन प्रतिनिधीहरु, यातायात ब्यबसायीहरु, संचारकर्मीहरु र बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।