सिमाक्षेत्रको निरीक्षण तथा अनुगमन
२०८०-०३-१२
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले झापा जिल्ला अन्तरगत भद्रपुर एरियाको सिमा क्षेत्रको निरीक्षण तथा अनुगमन गर्नु भएको छ । निरीक्षण तथा अनुगमन पश्चात वडा प्रहरी कार्यालय भद्रपुर मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुहुँदै सिमावर्ती क्षेत्रमा हुने बिबिध अपराधका घटनाहरुमा बिशेष चनाखो भई काम कारवाही गर्न र सिमावर्ती क्षेत्रमा कडाईका साथ चेकजाँचको ब्यबस्था मिलाई हुन सक्ने चोरी निकाशी पैठारीका घटनाहरुलाई नियन्त्रण गर्न २४ सै घण्टा दत्त चित्त भई लागी पर्ने निर्देशन दिनु भयो ।