जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण
२०८०-०२-३०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आज जिल्ला प्रहरी कार्यालय भोजपुरको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यलय भवन, सम्पुर्ण शाखाहरु तथा हिराषत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई नागरिकको सुरक्षा, अपराध नियन्त्रण र संगठनको हितको लागि इमान्दारी पुर्वक पदिय दायित्व निर्वाह गरी प्रहरी काम कारवाही गर्न निर्देशन दिनु भएको थियो ।
निर्देशनको क्रममा वहाँले रिस, राग, द्वेष, ईर्ष्याको भावनाले कसैलाई पनि सफल बन्न नदिने हुनाले प्रहरी कर्मचारीहरुले त्यस्तो भावना त्यागी एक आपसमा भाईचारा तथा सहयोगी भावनाका साथ अगाडि बढ्ने तथा प्रहरी कार्यालयलाई सदैव आफ्नो घर सम्झी सफा, सुन्दर र उत्कृष्ट बनाई इमान्दारी पुर्वक संगठनको श्रीबृद्धिमा लागि पर्नु पर्ने बताउनु भयो ।
शोषित, पिडित, असहाय, गरिव, जेष्ठ नागरिक तथा पिडामा परेका व्यक्तिहरुलाई प्राथमिकताका साथ उनिहरुको पिरमर्का र समस्यालाई सहजीकरण गर्न हरदम प्रहरी तत्पर रहनु पर्ने, आम नागरिक संग सभ्य र शिष्ट भाषा प्रयोग गर्नुका साथै सेवाग्राहीहरुसँग समान व्यवहार गर्नु प्रहरीको दायित्व रहेको अवगत गराउनु भयो ।
अपराध नियन्त्रण, फरार प्रतिबादी पक्राउ, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, चोरी तस्करी नियन्त्रणमा कडाईका साथ प्रहरी परिचालन गर्न, भौगोलिक कठिनाईका बाबजुत सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत लामो तथा छोटो दुरीको गस्ति परिचालन गरी दुरदराजमा रहेका नागरिकहरुमा प्रहरी सेवाको पहुच पुर्याउनुका साथै सचेतनामुलक कार्यक्रम संचालन गरी समाजमा घट्ने बिभिन्न प्रकारका घटना तथा अपराधहरुलाई निरुत्साहित गर्न र समाजमा शान्ति सुरक्षा कायम राख्न लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रण, फरार प्रतिबादी खोजतलास गरी पक्राउ गर्न, चोरी तस्करीका घटनाहरुलाई नियन्त्रण गर्न र सवारी साधनको प्रयोग गरी हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन निर्देशन दिनु भएको छ ।
त्यसै गरी कुनै पनि प्रहरी आपराधिक गतिबिधि तथा त्यस्ता प्रवितिका ब्यक्तिहरु संग साँठगाँठ गरेको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने समेत उहाँले बताउनुभयो ।