सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८०-०२-२६
- A
- A-
- A+
झापा र मोरङको छुट्टा छुटै स्थानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो झापाको दमक नगरपालिका-९ बुद्धचोक स्थितमा को.३७ प ८१३९ नम्बरको मोटरसाईकल अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किन गई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक स्थानिय ६२ बर्षीय लोक बहादुर धिमाल र पछाडि सवार उनको श्रीमती ६४ बर्षीया हिरादेवी धिमालको निम्स अस्पताल दमकमा उपचार भईरहेकोमा हिरादेवी धिमालको उपचारको क्रममा मृत्यु भएको हो । यसै गरी मोरङको उर्लाबारी नगरपालिका-३ पुर्व पश्चिम राजमार्गमा मे. १ ख ३०७३ नम्बरको बसले प्रदेश १-०१-०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक कमल गाउँपालिका-२ झापाका ३४ बर्षीय पवन सुबेदीको घटना स्थलमानै मृत्यु भएको हो । ठक्कर दिने बस चालक कन्काई नगरपालिका-३ का ३२ बर्षीय टंक प्रसाद सुबेदीलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।