अवैध सामान बरामद
२०८०-०२-२६
- A
- A-
- A+
झापा र मोरङको छुट्टा छुट्टै स्थानबाट भन्सार छलीका अवैध सामानहरु प्रहरीले बरामद गरेको छ । हिजो अपरान्ह साढे ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ स्थितबाट भारततर्फ अवैध रुपमा लादै गरेको करिव २ लाख ४४ हजार बराबरको विनचिटर १ सय ७० पिस र ट्राउजर ४० पिस प्रहरीले बरामद गरेको हो भने मोरङको बिराटनगर महानगरपालिका-१२ स्थित वडा प्रहरी कार्यालत बिराटनगरबाट खटिएको प्रहरी टोलीले पावरब्याङक ६५ थान, इयरफोन ३ हजार १ सय ५० थान र डाटा केवल ३ सय थान समेत गरी कारिव ८ लाख २० हजार बराबरको सामान बरामद गरेको हो । बरामद भएका सामानहरु आवश्यक कारवाहिको लागि सम्बन्धित भन्सार कार्यालय बुझाईएको छ ।