फरार प्रतिबादी पक्राउ
२०८०-०२-२४
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट खटिएको प्रहरी टोलीले लागुऔषध अन्य मुद्दा र लागुऔषध मुद्दाका दुई जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । लागुऔषध अन्य मुद्दामा सम्मानित उच्च अदालत बिराटनगरको मिति २०७३|०२|०७ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ६ महिना कैद र नगद १ लाख रुपैया र मिति २०७५|०३|१५ गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष १० दिन कैद र नगद ९८ हजार रुपैया जरिवाना बेरुजु रहि फरार रहेका भोक्राहा गाउँपालिका-४ सुनसरी घर भई धरान उप-महानगरपालिका-१७ फोक्ल्यान्ड बस्दै आएका २८ बर्षीय सदाम अन्सारी र लागुऔषध मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७९|११|२१ गतेको सजाय निर्धारण फैसला आदेशले ११ महिना १९ दिन कैद र ५ हजार रुपैया जरिवाना रहि फरार रहेका बिराटनगर महानगरपालिका-४ का २२ बर्षीय दिपेन्द्र कुमार मण्डल धानुकलाई गाउँघरमानै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका अन्सारीलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागि झुम्का कारागार सुनसरी पठाएको छ भने धानुकलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार मोरङ पठाईएको छ ।