प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी प्रमुखलाई निर्देशन
२०८०-०२-१६
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले Virtual माध्यमद्वारा जिल्ला प्रहरी प्रमुखहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भई आवश्यक निर्देशन दिनु भएको छ । आज अपरान्ह भएको Virtual कार्यक्रममा प्रदेश प्रहरी प्रमुख बास्तोलाले मातहत प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिनु हुँदै पेण्डिङ मुद्दा, फरार प्रतिवादी पक्राउ, भन्सार चोरी तस्करी नियन्त्रण लगायत बिबिध अपराधिक घटनाहरुमा कानून बमोजिम कडाईका साथ लागु गर्न र समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत संचालमा रहेका सचेतामुलक कार्यक्रमहरुलाई थप ब्यवस्थित र प्रभावकारी बनाउदै लैजान तथा कुनै अप्रिय घटना घटन नपाउने गरी प्रहरी परिचालन गरी समाजमा शान्ति सुरक्षा प्रदान गर्न निर्देशन दिनु भयो ।