प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

महत्वपुर्ण जिम्मेवारी सुम्पिएको नेपाल प्रहरीलाई न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने – मुख्यमन्त्री हिक्मत कुमार कार्की

२०८०-०२-०७

  • A
  • A-
  • A+
Share

नेपाल सरकारले, नेपाल प्रहरीलाई महत्वपुर्ण जिम्मेवारी सुम्पिएको हुँदा न्युनतम पुर्वाधारका आवश्यकता पनि पुरा गर्न नसकिए यसबाट ठुलो अपेक्षा राख्न नसकिने कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले बताउनु भएको छ । वडा प्रहरी कार्यालय बिराटनगरको नव-निर्मित प्रहरी कार्यालय भवनको बिधिवत रुपमा उद्घाटन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै वाहाँले उक्त कुरा बताउनु भएको हो ।

यसका साथै वाहाँले आवश्यक बजेट व्यवस्था गरेर प्रदेश प्रहरीलाई सुदृढ गर्ने, प्रविधी मैत्री बनाउने, बिपद व्यवस्थापनका आवश्यक सामाग्री उपलब्ध गराउने लगायत प्रहरीको माध्यमबाट शान्तिसुरक्षा र सु-शासनमा  प्रभावकारी भुमिकाको लागी प्रहरीकालाई चाहिने भौतिक पुर्वाधार देखी विभिन्न प्रकारका सेवा सुबिधाहरुको सम्बन्धमा आवश्यक सहयोग गरिने र हाल सालै स्थापना भएको कोशी प्रदेश प्रहरी अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण भएमा प्रहरी अस्पताललाई थप स्तरोन्नती गरी सुविधा सम्पन्न अस्पताल बनाउनका निम्ति प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत बताउनु भयो । वडा प्रहरी कार्यालय बिराटनगरको हाता भित्र आज बिहान भएको उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले प्रमुख अतिथिलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।  


कार्यक्रममा धन्यवाद मन्तब्य राख्नु हुँदै कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले भौतिक पुर्वाधार बिना प्रहरीले गर्ने दैनिक कामकाजमा सेवा र सहजताको बातावरणको सृजना नहुँदा सर्वसाधारणलाई प्रत्यक्ष असर पुग्ने भएकोले निर्माण सम्पन्न भएको नवनिर्मित भवनका कारण अबका दिनहरुमा सर्वसाधारणले प्रहरीबाट लिने सेवामा सहजता आउनुका साथै प्रहरी कार्य क्षमतामा समेत अभिबृद्धी हुने बिश्वास ब्यक्त गर्नुभयो । यसका साथै वाँहाले नव निर्मित संरचनालाई समुचित ढङगबाट त्यसको ब्यवस्थापन गरी नयाँ भवनको मर्मत संभार तथा रेखदेख गर्नु पर्ने कुरा बताउँदै  प्रहरी सेवा लिन कार्यालयमा आउने हरेक बर्गका नागरीकहरुलाई सभ्य र शिष्ट भाषा प्रयोग गरी आम सेवाग्राहीहरुसँग समान व्यवहार गर्दै संरक्षक बनेर कार्य गर्न निर्देशन समेत दिनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत मन्तब्य राख्नु भएको थियो भने शहरी विकास कार्यालयका ईन्जिनियर रुद्र नारायण मिश्रले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

चार तला र ३४ कोठा भएको कार्यालय भवन कोशी प्रदेश सरकार, भौतिक पुर्वाधार बिकास मन्त्रालयबाट बिनियोजित ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री दुर्गा प्रसाद चापागाई, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले, सडक पुर्वाधार तथा शहरी विकास मन्त्रालयका सचिव मोहनराज चापागाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, जिल्ला अदालत मोरङका माननिय न्यायधीस दुर्गा प्रसाद ढुङ्गेल, जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, बिराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पराजुली, संचारकर्मीहरु, पुर्व प्रहरी कर्मचारीहरु, स्थानीय नागरीक समाजका प्रमुख तथा प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।