करेन्ट लागेर १ जनाको मृत्यु
२०८०-०२-०४
- A
- A-
- A+
सुनसरीको ईटहरी उप-महानगरपालिका- १६ मेजर टोल स्थितमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी कंकालिनि-१ का ३० बर्षीय सन्जित मुखीया रहेका छन् । हिजो बेलुका साढे ५ बजे पानीको कल चलाउने क्रममा अचानक मटरबाट करेन्ट लागि घाईते भई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लागिएकोमा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।